रामेछाप दुर्घटना : घाइतेहरूलाई सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइँदै
सारांश
- रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
- दुर्घटनामा घाइते भएकाहरूलाई काठमाडौँ ल्याइँदै छ, जसका लागि सेनाको हेलिकप्टर प्रयोग गरिएको छ।
- गाडी मतपत्र लिएर मतदान स्थल जाँदै थियो र मोड नपुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
काठमाडौँ । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको छ।
दुर्घटनामा परेर घाइते भएकाहरूलाई काठमाडौँ ल्याइँदै छ । सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सेनाको हेलिकप्टर मन्थलीमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो । सडकमा मोड नपुगेर दुर्घटना हुँदा चालक सहितका ९ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोलीले घाइतेहरूको उद्धार गरेर सदरमुकाम मन्थलीमा पठाएको छ । घटनास्थल मन्थलीबाट ३५ किलोमिटर पूर्वतर्फ पर्छ ।
दुर्घटना स्थलमा पुगेर सशस्त्रको विपद् उद्धार बेस खुर्कोटको टोलीले पनि उद्धार कार्य गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण