अपडेट
रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु
सोमबार, १८ फागुन २०८२, १७ : ४५
सारांश
- रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको र उद्धार कार्य जारी छ।
- गाडी मन्थलीबाट मतदान केन्द्रतर्फ जाँदै गर्दा २०० मिटर तल खसेको थियो।
काठमाडौँ । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हाे ।
दुर्घटना परेको जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको उनले जानकारी दिए । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।
गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
मतदानस्थल सितलदेवी मा.वि. सिरुवारी र वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारको लागी मतपत्र लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब १०० मिटर तल खसेकाे जनाइएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण