इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै: इजरायली प्रधानमन्त्री
काठमाडौँ । इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त अभियानको उद्देश्य इरानीहरूलाई उनीहरूको धार्मिक नेतृत्वलाई हटाउने अवस्था सिर्जना गर्नु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार बताएका छन् ।
इरानी मिसाइलद्वारा प्रहार गरिएको इजरायली घटनास्थलको भ्रमण गरेपछि सञ्चारमाध्यमसँग गरेको कुराकानीमा प्रधानमन्त्री नेतन्याहुले भने, “त्यो दिन नजिकिँदै छ, र जब यो आउँछ, इरानी जनतासँग इजरायल र संयुक्त राज्य अमेरिका त्यहाँ साथमा हुनेछन् । इरानी जनता हामीसँग हुनु महत्त्वपूर्ण छ । उनीहरूले चाहेमा हामी त्यहाँ हुनेछौँ ।”
इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानमा आक्रमण गरेपछि पहिलोपटक इरानबारे बोल्दै नेतान्याहूले भने, “इरानीहरूले ‘निरंकुशताको खेल त्याग्ने’ समय आएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई ‘आफ्नो देश फिर्ता लिन’ भनेका छन् ।”
पाँच सय स्थलमा आक्रमण
यसैबिच तेहरानबाट प्राप्त समाचार अनुसार, इरानले अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणपछि जवाफी आक्रमण गरिरहेको बताएको छ ।
अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरिएको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको हो ।
“द्वन्द्व सुरु भएयता इरानी सैनिकहरूले ६० वटा रणनीतिक लक्ष्य र ५०० अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेका छन्,” गार्ड्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गार्ड्सले जारी पछिल्लो द्वन्द्वमा ७०० भन्दा बढी ड्रोन र सयौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण