सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सात महिनामा १ अर्ब ६३ करोड रुपैयाँको मदिरा आयात

मङ्गलबार, १९ फागुन २०८२, ११ : ५४
मङ्गलबार, १९ फागुन २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३  को माघ मसान्तसम्म (सात महिना) मा १ अर्ब ६३ करोड रुपैयाँको मदिरा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ लाख ७ हजार ८८८ लिटर मदिरा आयात हुँदा १ अर्ब ६३ करोड ४७  लाख ६८ हजार रुपैयाँ बाहिरिएको छ । 

उक्त  परिमाणमा मदिरा आयात हुँदा २ अर्ब ६३ करोड ३४ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्यांकमा उल्लेख छ । 

कुल आयातमध्ये १  अर्ब २२ करोड ५८ लाख ८८ हजार रुपैयाँको ५ लाख ५० हजार ४१९ लिटर ह्विस्की, ४  करोड  ५९ लाख ३९ हजार रुपैयाँको ३६ हजार ७२ लिटर भोड्का, ९ लाख ८८ हजार रुपैयाँको ८०५ लिटर रम आयात भएको छ  । र अन्य मदिरा ३६  करोड १९  लाख ५२ हजार रुपैयाँको १३ लाख २० हजार ५४७ लिटर आयात भएको उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप