भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
सारांश
- देशका विभिन्न चार जिल्लामा चारजना मानिस मृत अवस्थामा फेला परेका छन्।
- भक्तपुर, धनकुटा, ताप्लेजुङ र पाल्पामा छुट्टाछुट्टै स्थानमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।
- यी सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ । देशका विभिन्न चार जिल्लामा चारजना मानिस मृत अवस्थामा फेला परेका छन्।
भक्तपुर, धनकुटा, ताप्लेजुङ र पाल्पामा छुट्टाछुट्टै स्थानमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-५ बागेश्वरीमा डेरा गरी बस्ने ५२ वर्षीय दानबहादुर बुढाथोकी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्। उनी उदयपुरको कटारी नगरपालिका-९ का स्थायी बासिन्दा हुन्।
त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका-३ याक्चना घाटस्थित तमोर नदीको किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी १५ वर्षीय एक बालक आइतबार मृत अवस्थामा फेला परेका छन्।
यता ताप्लेजुङको सिदिङवा गाउँपालिका-७ सुरुङ्खिम खोपी बस्ने २३ वर्षीया जिरमाया गुरूङ सोही गाउँपालिका-६ मेहेले हिङथापुस्थित खोल्सामा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
यसैगरी पाल्पाको तानसेन नगरपालिका-१ आँपटारी बस्ने ४५ वर्षीय रामचन्द्र गन्दर्भ पनि आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन्। यी सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण