गाडी आगजनीमा संलग्न दुर्गा प्रसाईं समूहका दुई जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौंको महाराजगञ्ज र नैकापमा गाडीमा आगजनी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुर्खेतका सुमन बोहरा र चन्द्रागिरीका कृष्ण मिजार छन्।
- उनीहरू दुर्गा प्रसाईं नेतृत्वको महाअभियानमा आबद्ध रहेको र आगजनीमा संलग्नता देखिएको छ।
काठमाडौँ । काठमाडौँको महाराजगञ्ज र नैकापमा गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएर चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरी–६ घर भएका ५५ वर्षीय कृष्ण मिजार छन् ।
आरोपीहरूलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
मंगलबार बिहान नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगञ्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको थियो ।
गाडी आगजनीमा उनीहरूको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरू दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध रहेको भेटिएको एसएसपी खड्काले जानकारी दिए । गाडी आगजनी गरिएको ठाउँमा सो महाभियानको पर्चा भेटिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण