दुई प्राज्ञलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने
सारांश
- नइ एकेडेमीले दुई प्राज्ञलाई मरणोपरान्त 'नइ प्रज्ञा पुरस्कार' प्रदान गर्ने निर्णय गरेको छ।
- प्रा.डा. ताराकान्त पाण्डे र प्रा. खेमराज जोशीलाई ५० हजार रुपियाँको पुरस्कार प्रदान गरिनेछ।
- पुरस्कार आगामी चैत २७, २८ र २९ गते हुने सम्मेलनमा हस्तान्तरण गरिनेछ।
काठमाडौँ । नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा योगदान पुर्याएको भन्दै दुई प्राज्ञलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
एकेडेमीले ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समर्पित रहेर कार्य गरेको मूल्यांकन गर्दै प्रा.डा. ताराकान्त पाण्डे र प्रा. खेमराज जोशीलाई उक्त पुरस्कारबाट विभूषित गर्ने निर्णय गरेको जनाएको छ ।
पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।
आगामी चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा प्रा.डा. पाण्डे र प्रा. जोशीका पत्नी वा उत्तराधिकारीलाई पुरस्कार समर्पण गरिने जनाइएको छ ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण