सर्लाहीको बलरामा विवादपछि रोकिएको मतदान पुनः सुचारु
बिहीबार, २१ फागुन २०८२, ११ : ५१
सारांश
- सर्लाहीको बलरा नगरपालिका-४ मा मतदान रोकिएको थियो।
- दलका प्रतिनिधिबीचको विवादका कारण मतदान रोकिएको हो।
- प्रशासनको पहलपछि मतदान पुनः सुचारु भएको छ।
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ स्थित जग्दीमा रोकिएको मतदान पुनः सुचारु भएको छ । दलका प्रतिनिधिहरूबिच विवाद हुँदा बलरा–४ स्थित श्री प्राथमिक विद्यालयको मतदान स्थलको मतदान रोकिएको छ ।
बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । प्रमुख जिल्ला अधिकारी, सर्लाहीका एसपी र निर्वाचन गराउन सर्लाहीमा खटिएका एसएसपी सुरेश काफ्ले पुगेर मतदान पुनः सुचारु गराएका हुन् ।
एसएसपी काफ्लेले भने– ‘सामान्य विवाद भएको थियो अहिले मतदान सुचारु भैसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण