मोरङमा दिउँसो ३ बजेसम्म ४४.८२ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, १५ : ३२
विराटनगर । प्रतिनिधि सभा अन्तर्गत ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा दिउँसो ३ बजेसम्म ४४.८२ प्रतिशत मतदान भएको छ ।
६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा सर्वाधिक मत खसेको छ भने क्षेत्र नम्बर ६ मा जिल्लाका अन्य निर्वाचन क्षेत्रको तुलनामा कम मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ क्षेत्र नम्बर १ मा ४८.८५ प्रतिशत, क्षेत्र नम्बर २ मा ४४.६० प्रतिशत, क्षेत्र नम्बर ३ मा ४२.८२ प्रतिशत मत खसेको छ ।
यस्तै क्षेत्र नम्बर ४ मा ४२.२२, क्षेत्र नम्बर ५ मा ५०.९९ र क्षेत्र नम्बर ६ मा ४१.७४ प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
‘महाराजधिराज’मा पूजना प्रधान अनुबन्धित
-
रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण