बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

इरानी ड्रोन आक्रमणमा दुई जना घाइते

बिहीबार, २१ फागुन २०८२, १५ : ५१
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । इरानी ड्रोन आक्रमणमा दुई जना घाइते भएको अजरबैजान सरकारले जनाएको छ ।

अजरबैजानको विदेश मन्त्रालयका अनुसार एउटा ड्रोनले नखचिवन स्वायत्त गणराज्य हवाई अड्डाको टर्मिनल भवनमा प्रहार गरेको र अर्कोले शकराबाद गाँवको विद्यालय भवन नजिक खसेको छ । 

ड्रोन आक्रमणले विमानस्थलको भवनमा क्षति पुर्‍याएको र दुई जना नागरिक घाइते भएको बताइएको छ । 

मन्त्रालयका अनुसार, इरानका लागि अजरबैजानी राजदूतलाई अब स्वदेश फिर्ता बोलाइएको छ । इरानी पक्षलाई घटनाबारे कडा विरोध जनाइने र विरोधको आवश्यक प्रतिवेदन पेस गरिने बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप