बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता

शुक्रबार, २२ फागुन २०८२, ०७ : ५७
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • २०८२ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरूले चार निर्वाचन क्षेत्रमा अग्रता लिएका छन्।
  • तेह्रथुम-१ मा भानुभक्त ढकाल, स्याङ्जा-१ मा मिनप्रसाद गुरुङ, रूपन्देही-४ मा प्रमोदकुमार यादव र बाँके-२ मा मोहम्मद इश्तियाक राई अग्रस्थानमा छन्।
  • देशभरका विभिन्न स्थानमा मतगणना जारी छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा हालसम्म नेकपा (एमाले) का उम्मेदवारहरूले चार निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार तेह्रथुम–१ मा एमालेका भानुभक्त ढकाल १ हजार २६२ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै स्याङ्जा–१ मा मिनप्रसाद गुरुङ १ हजार ९६०, रूपन्देही–४ मा प्रमोदकुमार यादव २ हजार ६९८ र बाँके–२ मा मोहम्मद इश्तियाक राई १ हजार ४८५ मतसहित अग्रता बनाइरहेका छन्।

हाल देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप