रञ्जु दर्शनाको जीत सुनिश्चित
शुक्रबार, २२ फागुन २०८२, ०९ : ४७
सारांश
- काठमाडौं निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाको जित सुनिश्चित भएको छ ।
- २३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत प्राप्त गरिन् ।
- उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रबल थापाले ५ हजार २१६ मत ल्याए ।
काठमाडौँ । काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएको छ ।
२३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत ल्याएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रबल थापाले ५ हजार २१६ मत ल्याएका छन् । करिब २९ हजार मत खसेको यो क्षेत्रमा मत गन्न अब करिब ५ हजार मात्रै बाँकी रहेको छ ।
गन्न बाँकी रहेको मत रन्जुको अग्रता भन्दा कम रहेकोले उनको जीत सुनिश्चित गरेकी हुन् । अन्य प्रतिस्पर्धीहरू काठमाडौँ १ मा राप्रपाका रवीन्द्र मिश्र ३ हजार १८५ मत ल्याएका छन् । नेकपा एमालेका मोहनराज रेग्मीले ९८४ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण