शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

गगन थापा अमरेश सिंहभन्दा ४७१ मतले पछाडि

शुक्रबार, २२ फागुन २०८२, १५ : ०३
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।

सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका छन् ।

जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले २५० मत ल्याएका छन् । 

एमाले उम्मेदवार अमनिश कुमार यादवले १९९, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. रजनिश रायले १८, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामेश्वर राय यादवले २ मत ल्याएका छन् । 

अहिलेसम्म बलरा नगरपालिकाको वडा नम्बर ३,५,६,७,१०,११ वडाको मत गनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप