रुपन्देही–२ मा रास्वपाका सुलभको विशाल अग्रता, पछि परे पूर्वमन्त्री विष्णु पौडेल
शुक्रबार, २२ फागुन २०८२, १७ : ३३
बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले विशाल अग्रता बनाएका छन् ।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार खरेलले २१ हजार ७४ मत प्राप्त गरेका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद पौडेलभन्दा करिब पाँच गुणा बढी मतले अगाडि छन् ।
पूर्वमन्त्री रहेका पौडेलले अहिलेसम्म जम्मा ४ हजार ४७९ मतमात्र प्राप्त गरेका छन् । पौडेल ०७९ को निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
रुपन्देही–२ मा नेपाली कांग्रेसका चुन्नप्रसाद शर्माले २ हजार ८६२ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डेले जम्मा ५४० मत प्राप्त गरेका छन् ।
यहाँ श्रम संस्कृति पार्टीका भिमबहादुर गौतमले ५१२ र राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले ३४८ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण