लुम्बिनीमा रास्वपाको लहरः ‘हेभिवेट’ नेताहरूको बिजोग
सारांश
- फागुन २१ गते सम्पन्न मतदानको मतगणना अनुसार लुम्बिनी प्रदेशमा रास्वपाको प्रभाव बढेको देखिन्छ।
- एमाले, कांग्रेसका 'हेभिवेट' नेताहरूलाई रास्वपाका उम्मेदवारहरूले कडा चुनौती दिएका छन्।
- विभिन्न निर्वाचन क्षेत्रमा विष्णु पौडेल, शंकर पोखरेल, गोकर्ण विष्ट, र योगेन्द्र चौधरी जस्ता नेताहरू रास्वपाका उम्मेदवारभन्दा पछि परेका छन्।
बुटवल । प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत फागुन २१ गते सम्पन्न मतदानको हालसम्मको मतगणना हेर्दा लुम्बिनी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव उल्लेखनीय देखिएको छ ।
प्रारम्भिक मतपरिणामअनुसार एमाले, नेपाली कांग्रेसलगायत परम्परागत दलका ‘हेभिवेट’ नेताहरू कडा चुनौती दिएका छन् ।
लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष गोकर्ण विष्ट तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीजस्ता नेताहरू भन्दा रास्वपाका उम्मेदवारहरू अगाडि छन् ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री योगेन्द्र चौधरी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वमन्त्री सञ्जय गौतम तथा कांग्रेस नेता एवं उद्योगपति विनोद चौधरीभन्दा पनि रास्वपाका उम्मेदारको मत धेरै देखिएको छ ।
रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रास्वपाका उम्मेदवार सुलभ खरेलभन्दा निकै पछाडि छन् । त्यस्तै गुल्मी क्षेत्र नम्बर १ मा एमाले नेता प्रदीप ज्ञवाली रास्वपाका सागर ढकालभन्दा निकै पर छन् । यसैगरी दाङ–२ मा पनि एमाले महासचिव शंकर पोखरेल रास्वपाका विपिनकुमार आचार्यभन्दा पछाडि छन् ।
गुल्मी क्षेत्र नम्बर २ मा एमाले नेता गोकर्ण विष्टलाई रास्वपाका उम्मेदवार गोविन्द पन्थीले पछाडि पारिरहेका छन् । यस्तै दाङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई रास्वपाका देवराज पाठकले करिब ९ हजार मतले पछि पारेका छन्।
बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्वमन्त्री सञ्जय गौतम पनि रास्वपाका उम्मेदवार ठाकुर सिंह थारुभन्दा पछाडि रहेका छन् ।
बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई रास्वपाका उम्मेदवार खगेन्द्र सुनारले उल्लेखनीय मतान्तरले पछि पारेका छन् । प्रारम्भिक मतगणनाअनुसार पुनभन्दा सुनार करिब १० हजार मतले अगाडि छन् ।
त्यसैगरी नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीलाई रास्वपाका उम्मेदवार विक्रम खनालले करिब दुई हजार मतान्तरले पछाडि पारेका छन् ।
हाल जारी मतगणनाको प्रारम्भिक नतिजाले लुम्बिनी प्रदेशमा रास्वपाले परम्परागत दलका शीर्ष नेताहरूलाई कडा चुनौती दिएको संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण