सङ्खुवासभामा सवा १२ बजेदेखि मतगणना सुरु हुने
सारांश
- सङ्खुवासभामा आज दिउँसो सवा १२ बजेदेखि मतगणना सुरु हुने भएको छ।
- खराब मौसमका कारण मतपेटिकाहरू हेलिकप्टरमार्फत ढुवानी गर्न ढिलाइ भएको थियो।
- सर्वदलीय बैठकले मतगणना सुरु गर्ने सहमति जनाएको छ।
काठमाडौँ । सङ्खुवासभामा मतगणना आज दिउँसो सवा १२ बजेदेखि सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार आज बिहान बसेको सर्वदलीय बैठकले सवा १२ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो ।
रातोपाटीसँग कुरा गर्दै कोइरालाले भने– ‘सर्वदलीय बैठकबाट सहमति भइसकेको छ, हामी ठ्याक्कै सवा १२ बजेदेखि गणना सुरु गर्दैछौँ ।’
आज बिहान ९ः ३० बजेदेखि करिब डेढ घण्टासम्म सर्वदलीय बैठक बसेको थियो । केही राजनीतिक दलका प्रतिनिधिहरू आउन ढिलो भएकाले बैठक सुरु हुन केही समय लागेको थियो ।
मौसमका कारण गणनामा ढिलाइ
सङ्खुवासभाका विकट क्षेत्रका मतपेटिकाहरू हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने भएकाले मतगणना सुरु हुन केही ढिलाइ भएको हो । खराब मौसमका कारण शुक्रबार हेलिकप्टर उड्न नसकेपछि ती मतपेटिकाहरू आज (शनिबार) बिहान साढे ८ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेका हुन् ।
‘हेलिकप्टरबाट ल्याउनुपर्ने मतपेटिकाहरू मौसमकै कारण हिजो आउन सकेनन्, आज बिहान आएपछि हामीले प्रक्रिया अगाडि बढाएका हौँ,’ कोइरालाले भने ।
अहिले मतगणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको र सर्वदलीय सहमतिका आधारमा गणना कार्य अघि बढाइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण