रुपन्देहीका पाँचवटै क्षेत्रमा कांग्रेसले हारेपछि उपसभापतिले दिए राजीनामा
रुपन्देही । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले पराजय भोगेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै जिल्ला उपसभापतिले राजीनामा दिएका छन्।
नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिका उपसभापति थानेश्वर घिमिरेले शनिबार जिल्ला सभापतिसमक्ष राजीनामा पत्र बुझाएका हुन्। घिमिरेले बुझाएको राजीनामा पत्रमा भनिएको छ, 'हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्रमा पनि पार्टीले सफलता हासिल गर्न सकेन। निर्वाचनको यो अवस्थालाई मध्यनजर गर्दै उक्त परिणामप्रति नैतिक जिम्मेवारी लिँदै म नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिको उपसभापति पदबाट आजकै मितिदेखि लागू हुने गरी राजीनामा पेस गरेको छु।'
रुपन्देही कांग्रेसका लागि यो नतिजा निकै निराशाजनक रहेको भन्दै उनले नेतृत्व तहमा रहेका कारण आफूले नैतिक जिम्मेवारी लिएको स्पष्ट पारेका छन्।
उपसभापति पदबाट राजीनामा दिए पनि घिमिरेले पार्टीको सक्रिय राजनीतिबाट भने अलग नहुने बताएका छन्। उनले आगामी दिनमा पनि पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै सक्रिय सदस्यको रूपमा संगठनलाई सुदृढ बनाउन निरन्तर लागिपर्ने विश्वास दिलाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण