एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
शनिबार, २३ फागुन २०८२, १२ : ५६
विराटनगर । कोशी प्रदेशको इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई कायमै राखेका छन्।
हालसम्मको मतगणनामा सुहाङ नेम्वाङले ११ हजार २१२ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन्। उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले पछ्यायरहेका छन् । उनले १० हजार २८७ मत ल्याएका छन् । नेम्वाङ र राईबीचको मतान्तर ९२५ रहेको छ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य तेस्रो स्थानमा छन्। उनले हालसम्म ६ हजार ६५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोकुल बहादुर राईले २ हजार ७६१ मतका साथ चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण