बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

रोल्पा–१ मा वर्षमान पुनको ह्याट्रिक

शनिबार, २३ फागुन २०८२, २० : ०५
शनिबार, २३ फागुन २०८२

सारांश

  • रोल्पा निर्वाचन क्षेत्र १ मा वर्षमान पुनले ह्याट्रिक गरेका छन्, लगातार तेस्रो पटक जित हासिल गर्दै।
  • पुनले २७ हजार ४६० मत ल्याएर जित्दा कांग्रेसका सुदनकुमार वली १५ हजार ४५२ मतान्तरले पराजित भए।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापा १० हजार ८९४ मतका साथ तेस्रो स्थानमा रहे।

काठमाडौँ । रोल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता वर्षमान पुनले ह्याट्रिक गरेका छन् । यसपटक सहित उनले यो क्षेत्रमा लगातार तीन पटक जित्दै ह्याट्रिक गरेका हुन् ।

पुनले २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ को फराकिलो मतान्तरले पराजित गरेका छन् । वलीले १२ हजार ००८ मत प्राप्त गरेका छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बलराम थापा १० हजार ८९४मतका साथ तेस्रो स्थान हासिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप