बालेनले जितेपछि ‘नयाँ नेपाल’ देख्ने आशा अझ बलियो भयो : प्रियंका कार्की
काठमाडौँ । लामो समयको प्रतीक्षालाई चिर्दै झापा क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह (बालेन) भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। बालेनको यो जितसँगै देशभर उत्साह छाएको छ भने कला क्षेत्रका व्यक्तित्वहरूले पनि यसलाई नयाँ युगको सुरुवातको रूपमा लिएका छन्।
अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनलाई हार्दिक बधाई दिँदै अबको ‘नयाँ नेपाल’ देख्ने आशा अझ बलियो भएको उल्लेख गरेकी छिन्। लामो समयदेखि केवल भाषण र नारा मात्र सुन्दै आएका नेपाली जनताका लागि बालेन्द्रको उदय काम गर्ने नेतृत्वको रूपमा भएको प्रियंकाको ठम्याइ छ।
प्रियंकाले आफ्नो पोस्टमा अब पुरै देशको नजर बालेन्द्रमाथि रहेको र जनताले ठूलो आशा र विश्वासका साथ उनलाई साथ दिएको बताएकी छिन्। नेपालका युवाहरूले स्वदेशमै अवसर खोजिरहेको र समाजले पारदर्शिता एवं उत्तरदायित्व खोजिरहेको वर्तमान अवस्थामा बालेनको जितले नागरिकमा हराउँदै गएको विश्वासलाई पुनर्जीवित गरेको उनको भनाइ छ।
‘हामीले त आशा गर्नै छोडेका थियौँ, विश्वास पनि हराउँदै गएको थियो, तर तपाईं आशाको किरण बनेर आउनुभयो,’ भन्दै प्रियंकाले बालेनको आगमनलाई परिवर्तनको संवाहकको रूपमा चित्रण गरेकी छिन्।
उनले यस्तो नेपालको परिकल्पना गरेकी छिन् जहाँ आउने पुस्ता र साना बालबालिकाहरू विदेश पलायन हुने सोच नराखी आफ्नै देशमा भविष्य देख्न सकून्। देशले खोजेको वास्तविक नेतृत्व बालेनबाटै प्राप्त हुनेमा उनी विश्वस्त देखिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण