मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधि सभा निर्वाचन

दैलेख–२ : लक्ष्मीप्रसादले दीक्पालसँग लिए हारको बदला

शनिबार, २३ फागुन २०८२, २२ : २५
शनिबार, २३ फागुन २०८२

सारांश

  • दैलेख क्षेत्र नम्बर २ मा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले चुनाव जितेका छन्, र कांग्रेसका दीक्पालकुमार शाहीलाई पराजित गरे।
  • ०७९ को चुनावमा दीक्पालले जितेकोमा लक्ष्मीले यसपटक बदला लिए, उनले ४ हजार ३३७ मतले जिते।
  • कर्णाली प्रदेशमा हालसम्म एमालेका एक्ला सांसद लक्ष्मी पोखरेल बनेका छन्, किनकि अन्य क्षेत्रमा एमाले पछि परेको छ।

सुर्खेत । दैलेख क्षेत्र नम्बर २ मा यो पटक नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले चुनाव जितेका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दीक्पालकुमार शाहीलाई ४ हजार ३३७ मतान्तरले पराजि गर्दै विजयी भए ।

स्मरण रहोस्, ०७९ को प्रतिनिधि सभा चुनावमा कांग्रेसका दीक्पालले एमालेका लक्ष्मीलाई १६७ मतान्तरले पराजित गरेका थिए ।
०५६ सालयतापछि कांग्रेसले चुनाव जितेको थियो, ०७९ मा ।

०६४–०७४ मा यहाँ एमालेले चुनाव जितेको थियो । ०६४ र ०७४ मा राजबहादुर बुढा र ०७० मा यिनै लक्ष्मीले चुनाव जितेका थिए ।तर ०७९ मा दीक्पालसँग उनी पराजित भए । लक्ष्मीले उक्त हारको बदला दीक्पालसँग यो चुनावमा लिएका छन् ।

शनिबार सम्पन्न मतगणना अनुसार, लक्ष्मीले १३ हजार ८८९ मत पाउँदा कांग्रेसका दीक्पालले ९ हजार ५५२ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बखतबहादुर शाहीले ६ हजार ७९७ र नेपाली कम्युनिस्ट पार्टीका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ मत प्राप्त गरे ।

यो क्षेत्र सांगठनिक रुपमा एमाले–कांग्रेसको गढ हो । यहाँ माओवादीले अहिलेसम्म कुनै चुनाव जित्न सकेको छैन । सशस्त्र युद्ध गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि कर्णालीका अन्य जिल्लामा बलियो बने पनि दैलेखमा फैलन सकेन ।

हालसम्मको नजिता अनुसार कर्णालीमा एमालेका एक्ला सांसद

१० जिल्ला रहेको कर्णालीमा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । हालसम्म ७ वटा क्षेत्रको चुनावी नतिजा आइसक्दा एमालेले जितेको दैलेख–२ मा मात्रै हो ।
यस अर्थमा लक्ष्मी कर्णालीमा एमालेको एक्ला सांसद बनेका छन् । एमालेले चुनाव जित्न सक्ने आकलन गरिएका दैलेख–१, सुर्खेतका २ निर्वाचन क्षेत्रमा पराजित भयो भने अर्को सल्यानमा गुलाबजंग शाह चौथौ नम्बरमा छन् । त्यहाँको नजिता आइसकेको छैन ।

रुकुम पश्चिम, हुम्ला, डोल्पामा एमालेले कुनै हालमा जित्न सक्ने अवस्था देखिँदैन ।

मुगुमा मतगणन निकै ढिलोगरि सुरु भएको छ । पोखरेल दैलेखमा सालिन र इमानदार छवि भएका नेता मानिन्छन् । ०३५ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका उनी ०४३ सालमा छिउडीपुसाकोट गाविसको प्रधानपञ्च भएका थिए । ०५१ सालतिर एमाले भएका उनी पार्टी विभाजनपछि माले बने ।

०५६ सालमा मालेबाट प्रतिनिधि सभा चुनाव लडे । २ हजार ७१२ मतसहित चौथो स्थानमा मत ल्याएका उनी पछि एमाले फर्किएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप