रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा निर्वाचित
काठमाडौँ । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार गोपाल शर्मा निर्वाचित भएका छन्। शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु के.सी.लाई ४ हजार ९ सय ४८ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार गोपाल शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजु के.सी.ले १६ हजार ६ सय ६१ मत ल्याएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले १४ हजार ३ सय ४६ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मान बहादुर शाहीले ४ हजार ७६ मत ल्याएका छन्।
अन्य उम्मेदवारहरूमा नेपाल कम्युनिष्ट पार्टीका नन्दराम देवकोटाले १ हजार ८ सय ६९ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का चन्द्र बहादुर बुढाले ३ सय ६६ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण