सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखा–१ मा सुधन गुरुङले बढाए अग्रता

आइतबार, २४ फागुन २०८२, १० : ४७
आइतबार, २४ फागुन २०८२

सारांश

  • गोरखा निर्वाचन क्षेत्र १ मा रास्वपाका सुधन गुरुङले अग्रता बढाएका छन्।
  • आरुघाट गाउँपालिका-५ को मतगणनामा गुरुङले ३७० मत प्राप्त गरे।
  • हालसम्मको कुल मतपरिणामअनुसार गुरुङले ५ हजार २४ मत प्राप्त गरेका छन्।

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता बढाएका छन्।

आरुघाट गाउँपालिका–५ को मतगणना सम्पन्न हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार गुरुङले उक्त वडाबाट ३७० मत प्राप्त गरेका छन्। सोही वडाबाट नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले २६७, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले १२७ र नेकपा (एमाले) का रामचन्द्र लामिछाने (सूर्य) ले १४२ मत थपेका छन्।

यससँगै हालसम्मको कुल मतपरिणामअनुसार सुधन गुरुङले ५ हजार २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४ हजार ८ सय ४३ मत पाएका छन्।

त्यसैगरी हरिराज अधिकारीले २ हजार ५ सय ५ मत प्राप्त गर्दा रामचन्द्र लामिछानेले ९ सय ५३ मत पाएका छन्।

हाल गुरुङ खत्रीभन्दा १८१ मतले अगाडि रहेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप