चुनाव जित्ने भन्दै राजीनामा दिए, न मेयर पद बच्यो, न संसदको प्रवेश गर्ने सपना पूरा भयो
सारांश
- टिकापुर नगरपालिकाका पूर्व मेयर रामलाल डगौरा थारुको संसद जाने सपना अधुरो रह्यो।
- प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका थारु तेस्रो स्थानमा सीमित भए।
- नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थारुले नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका थिए।
कैलाली । टिकापुर नगरपालिकाका तत्कालीन मेयर रामलाल डगौरा थारुको संसद् जाने सपना पूरा हुन सकेन ।
मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका थारु तेस्रो स्थानमा सीमित भएका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट टिकापुर नगरपालिकाको मेयर पद जितेका थारुले २०७९ सालको स्थानीय तह निर्वाचनमा ९ हजार ६८२ मत प्राप्त गरेका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै मेयर पद जितेका थिए।
मेयरका रूपमा टिकापुरको नेतृत्व गरिरहेका थारुले प्रतिनिधि सभा सदस्य बन्ने लक्ष्यसहित पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए।
उनले कैलाली क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका थिए। प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने उनले अपेक्षित सफलता पाउन सकेनन्।
थारुले जम्मा ८ हजार ३९२ मत मात्रै प्राप्त गरे र तेस्रो स्थानमा सीमित भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण