सुदूरपश्चिममा चुनाव उठेका १ सय ९० जनाको हार
सारांश
- सुदूरपश्चिम प्रदेशका १६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अन्तिम चुनावी परिणाम सार्वजनिक भयो।
- निर्वाचनमा १६ सिटका लागि कुल २०६ उम्मेदवार चुनावी मैदानमा थिए, जसमा १६ जनाले जिते।
- विजयी १६ सांसदमध्ये १० जना रास्वपाका, ३ एमाले र ३ कांग्रेसका छन्, अन्य दलले जितेनन्।
धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । फागुन २१ गते भएको मतदानबाट १६ जना उम्मेदवारले जित हात पार्दै प्रतिनिधि सभा को यात्रा सुनिश्चित गरेका छन् ।
यो निर्वाचनमा सुदूरपश्चिमका १६ सिटका लागि कुल २०६ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । जसमध्ये १६ जनाले मतदाताको विश्वास जितेर संसद्को ढोका खोलेका छन् भने बाँकी १ सय ९० जना उम्मेदवारहरू पराजित भएका छन् ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार, चुनावी प्रतिस्पर्धामा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न साना दल र ठुलो सङ्ख्यामा स्वतन्त्र उम्मेदवारहरू सहभागी थिए । विजयी हुने १६ जना सांसदहरू मध्ये १० जना रास्वपाका, ३ जना एमाले र ३ जना कांग्रेसका छन् । यी दल बाहेक अन्यले चुनाव जितेनन् । पराजित हुने १९० जनामा कतिपय स्थापित नेताहरू र कतिपय पहिलो पटक चुनावी अनुभव बटुलेका युवा तथा स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण