सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्छ: खरेल

मङ्गलबार, २६ फागुन २०८२, १७ : २५
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • पूर्वमन्त्री जगदीश खरेलले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताए।
  • खरेलले जेनजी आन्दोलनको जगमा निर्वाचन भएको भन्दै आगामी सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताए।
  • उनले भ्रष्टाचार अन्त्य, सुशासन र युवा आन्दोलनको मर्मलाई रास्वपाले पूर्णता दिने कुरा गरे।

काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब बन्ने सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् । 

मंगलबार ललितपुरमा जेनजी शहीद विनोद महर्जनको परिवारसँग भेट गर्दै खरेलले जेनजी आन्दोलनको जगमा निर्वाचन भएको भन्दै अव बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका हुन् । ललितपुर २ मा रास्वपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका खरेलले वर्तमान सरकारले मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनका बारेमा आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे ।  आयोगले सुझाएका कुरा, सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्नु आगामी सरकारको दायित्व समेत हुने उनको भनाइ छ ।

त्यस्तै खरेलले भ्रष्टाचार अन्त्य, सुशासन कायम र देशमा नै शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका लागि भएको आन्दोलनको मर्मलाई गम्भीरतामा राखेर अघि बढ्ने स्पष्ट पारे ।

उनले युवाहरूले गरेको क्रान्तिलाई अव रास्वपाले पूर्णता दिने र मुलुकलाई परिवर्तन गरेरै छाड्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप