मनाङ मर्स्याङ्दी क्लब विजयी
मङ्गलबार, २६ फागुन २०८२, २२ : ००
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । खेलको ४९औँ मिनेटमा शैरभ तामाङको गोलमा मनाङले खेलमा अग्रता लियो ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २–० को सहज जित दिलाए । यस प्रतियोगितामा मनाङको यो तेस्रो जित हो । लिगमा १० खेल खेलेको मनाङले १२ अङ्क जोडेको छ । यता चित्लाङको भने यो पाँचौँ हार हो । समान १० खेलबाट चित्लाङको सात अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण