अल्लू अर्जुनको जन्मदिनमा शाहरुख खानले दिने फ्यानलाई ठुलो सरप्राइज
सारांश
- अल्लू अर्जुनको नयाँ फिल्म 'एए२२हए६' को औपचारिक टाइटल र टिजर अप्रिल ८ मा सार्वजनिक हुने भएको छ।
- शाहरुख खानले अल्लू अर्जुनको जन्मदिनमा फिल्मको टाइटल र टिजर सार्वजनिक गर्नेछन्।
- फिल्ममा दीपिका पादुकोण, मृणाल ठाकुर, रश्मिका मन्दाना र जान्हवी कपुरको पनि अभिनय रहनेछ।
मुम्बई । दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनका फ्यानहरूका लागि खुसीको खबर बाहिर आएको छ । अभिनेताको आगामी बहुप्रतिक्षित फिल्म ‘AA22xA6’को औपचारिक टाइटल र टिजर सार्वजनिक गरिनेछ ।
आगामी ८ अप्रिलमा पर्ने अल्लू अर्जुनको जन्मदिनलाई खास बनाउन निर्माण पक्षले ठुलो तयारी गरेको छ । विशेष कुरा त के छ भने, यो फिल्मको टाइटल र टिजर बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खानले सार्वजनिक गर्ने भएका छन्।
फिल्मका निर्देशक एटली हुन् । एटली यसअघि शाहरुख खानको ब्लकबस्टर फिल्म ‘जवान’ निर्देशन गरेका थिए । सोही सम्बन्धका कारण शाहरुख यो विशेष इभेन्टको हिस्सा बन्न लागेका हुन् ।
बलिउड मिडियाका अनुसार निर्माण पक्षले अल्लू अर्जुनको जन्मदिनमा फिल्मको नाम घोषणा गर्दै फ्यानहरूलाई विशेष उपहार दिनेछ । टाइटल र टिजर सार्वजनिक गर्नका लागि एउटा भव्य कार्यक्रमको आयोजना गरिनेछ। जस मार्फत दर्शकलाई फिल्मको कथा र यसको भव्यताको झलक दिनेछ।
फिल्ममा अभिनेत्री दीपिका पादुकोण, मृणाल ठाकुर, रश्मिका मन्दाना र जान्हवी कपुरको पनि अपभनय रहनेछ । निर्देशक एटलीले यस फिल्ममा एउटा भिन्न र रोचक कथा पस्कने तयारी गरेका छन्, जसमा भरपुर एक्सन र मनोरञ्जन समावेश हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
-
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण