होर्मुज जलडमरूनजिक एकैदिन तीन जलयान निशानामा
काठमाडौँ । इरानसँगको युद्धकाबिच विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूनजिक बुधबार फेरि जहाजमाथि आक्रमण भएको छ । यससँगै बुधबार बिहान मात्रै तीन वटा जलयान प्रक्षेप्य हतियारको निशानामा परेका छन् ।
बेलायती समुद्री सुरक्षा निकाय संयुक्त अधिराज्य समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ)का अनुसार एक बल्क क्यारियर जहाज दुबईबाट करिब ५० नटिकल माइल उत्तर–पश्चिम क्षेत्रमा रहँदा अज्ञात प्रक्षेप्य लागेको हो । आक्रमण भए पनि जहाजका सबै चालकदल सुरक्षित रहेको र कुनै पर्यावरणीय क्षति नभएको यूकेएमटीओले जनाएको छ ।
यसअघि बुधबार नै अर्काे मालवाहक जहाज ओमानको मुसन्दम प्रायद्वीपको उत्तरतर्फ करिब ११ नटिकल माइल क्षेत्रमा प्रहार भएपछि आगलागी भएको थियो । सो जहाजमा आगो लागेपछि चालकदललाई सुरक्षित स्थानमा सार्ने काम गरिएको बताइएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सको तट नजिक रहेको अर्काे कार्गो जहाज बिहानै निशानामा परेर क्षतिग्रस्त भएको खबर आएको थियो ।
यूकेएमटीओका अनुसार अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता कम्तीमा १३ वटा जहाजमाथि आक्रमण भइसकेको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने होर्मुज जलडमरू क्षेत्रमा बढ्दो असुरक्षाले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा चिन्ता थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण