भरुवा बन्दुकसहित एक जना पक्राउ
सङ्खुवासभा । भोटखोला गाउँपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
विशेष सूचनाका आधारमा विश्वकर्मालाई एक थान भरूवा बन्दुकसहित सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको टोलीले घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो।
रुखबाट लडेर एक जनाको मृत्यु
त्यसैगरी चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमाघाँस काट्ने क्रममा लडेर ४० वर्षीय रामबहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीषक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले बताए।
आज दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पु-याउँदा अस्पतालले मृत घोषणा गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
-
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण