बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौँ । गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीले ‘जस्टिस् फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’ ‘वि वान्ट जस्टिस्’ र ‘महिला शोषणविरुद्ध एक हौँ’ लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए।
गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिषा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेको थियो। मृतकका आफन्तहरूले सामूहिक बलात्कार गरेको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिषाको बलात्कारपछि मृत्यु भएको पुष्टि भएको जनाइएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण