५ वर्षमै रेसिङ लाइसेन्स : चीनका यी बालकले प्रोफेसनल सिमुलेटरदेखि र्याली कारसम्म कुदाउँछन्
काठमाडाैँ। धेरैजसो बालबालिकाहरू राम्रोसँग हिँड्न र बोल्न सिक्दै गरेको उमेरमा चीनका शाओ जियानले भने प्रोफेसनल रेसिङ ट्र्याकमा तहल्का मच्चाइरहेका छन्। मात्र १ वर्षको उमेरदेखि रेसिङ सिमुलेटर चलाउन सुरु गरेका शाओले ३ वर्ष नपुग्दै व्यावसायिक कार्ट रेसिङमा हात बसालिसकेका थिए।
अचम्मको कुरा त के छ भने, ५ वर्षको उमेरमा उनले चिनियाँ अटोमोबाइल एण्ड मोटरसाइकल फेडेरेसनबाट आधिकारिक ड्राइभिङ एकेडेमी तालिम प्रमाणपत्र प्राप्त गर्दै देशकै सबैभन्दा कान्छो लाइसेन्स प्राप्त रेसरको कीर्तिमान समेत बनाएका छन्।
शाओको यो लोभलाग्दो यात्रा केवल खेलौना कारमा मात्र सीमित छैन। उनले प्रख्यात रेसिङ सिमुलेटरहरू डर्ट र्याली २.० र डब्लुआरसी १० मा विश्वका शीर्ष ३० ड्राइभरहरूको सूचीमा आफ्नो नाम सुरक्षित गरिसकेका छन्।
छोराको यस्तो असाधारण प्रतिभा देखेर उनका पिताले करिब ८ लाख युआन लगानी गरेर प्रोफेसनल सिमुलेटर र विशेष प्रकारको र्याली कार नै तयार पारिदिएका छन्। शाओले सन् २०२३ को चाइना र्याली स्प्रिन्ट च्याम्पियनसिपमा होप स्टार अवार्डसमेत जितेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
र्याली रेसहरूमा शाओको कारको सह–चालक उनकै बुबा बन्ने गर्छन्। वयस्क ड्राइभरहरूलाई समेत माथ दिने गरी गाडी कुदाउने शाओले ट्राफिक नियमको भने पूर्ण पालना गर्छन्।
उनले चलाउने र्याली कारहरू सार्वजनिक सडकमा गुड्दैनन्, बरु कानुन बमोजिम ट्रेलरमा राखेर मात्र रेस हुने स्थानसम्म पुर्याइन्छ। चीनको वुयी अटोमोबाइल र्यालीमा समेत सहभागी भइसकेका यी बालक अहिले विश्वभरका रेसिङ प्रेमीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण