बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट
सारांश
- इनिशा विकको हत्या प्रकरणमा सिआइबीले थप अनुसन्धान सुरु गरेको छ।
- घटनाको सूक्ष्म अध्ययनका लागि विज्ञ टोली सुर्खेत पुगेको छ।
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोग लिएर काम थालेको छ ।
घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षक कमाण्डको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधि अवलम्बन गरिएको बताए ।
प्रहरी उपरीक्षक शाहीले भने, “सिआइबी सुर्खेत पुगेर अनुसन्धान थालेको छ । ‘पोस्टमार्टम’ रिपोर्ट अनुसन्धानको पाटोमा प्रहरी सक्रिय र गम्भीर भएर लागेर प्रारम्भिक अनुसन्धान भइसकेको छ । धेरै रिपोर्ट आइसकेको छ । मोबाइल पनि डिजिटल फोरेन्सिक ल्याबमा पठाइसकिएको छ । सन्दिग्ध र पीडित दुवैको मोबाइललगायत विद्युतीय सामग्री र घटनास्थलबाट सङ्कलित प्रमाण थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।”
केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिलोजिकल र वायो सेरोजिलिकल परीक्षणका लागि पठाइएको बताउँदै प्रहरी उपरीक्षक शाहीले त्यो रिपोर्ट आएपछि ‘पोस्टमार्टम’ र प्रयोगशालाबाट आउने रिपोर्टको तुलना गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताए । उनका अनुसार यसका लागि छुट्टै टोली जिल्ला प्रहरी कार्यालयमा गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण