मधेसी, थारु लगायत उत्पीडित समुदाय बालेनलाई प्रधानमन्त्रीका रूपमा हेर्न पाउँदा खुसी
सारांश
- उत्पीडित समुदायका प्रतिनिधिहरूले बालेन शाहको नेतृत्वलाई समर्थन गर्दै खुसी व्यक्त गरे।
- बैठकले बालेनलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हर्षको विषय भएको बतायो र शुभकामना दियो।
- बैठकले गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशीतालाई संस्थागत गर्ने विश्वास व्यक्त गर्यो।
काठमाडौँ । मधेसी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका प्रतिनिधिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मा बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक समर्थन दिएको भन्दै खुसी व्यक्त गरेका छन्।
शुक्रबार बसेको संयुक्त मोर्चाको बैठकले लामो समयदेखि मधेसी, थारु लगायत उत्पीडित समुदायले देशको कार्यकारी प्रमुख बन्ने सपना र त्यसका लागि गरेको सङ्घर्ष तथा बलिदानको परिणामस्वरूप बालेनलाई प्रधानमन्त्रीका रूपमा हेर्न पाउनु आफूहरूका लागि हर्षको विषय भएको उल्लेख गरेको छ। साथै बैठकले बालेनलाई अग्रिम शुभकामना तथा बधाई पनि ज्ञापन गरेको छ ।
बैठकले नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट स्थापित गरेका गणतन्त्र, सङ्घीयता, लोकतन्त्र र समावेशीतालगायतका उपलब्धिहरूलाई संस्थागत गर्दै संविधान संशोधन, सीमाङ्कन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा सङ्घीयतालाई थप सुदृढ बनाउने जस्ता मुद्दाहरू सम्बोधन हुने विश्वास समेत व्यक्त गरेको छ ।
त्यसैगरी, बैठकले सङ्घीय लोकतान्त्रिक मोर्चाका अग्रज नेता महन्थ ठाकुर राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिएको निर्णय पनि गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण