मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

बालेनलाई दलको नेता बनाउन रास्वपाले केन्द्रीय समितिमार्फत विधान संशोधन गर्ने

आइतबार, ०१ चैत २०८२, १३ : ४५
आइतबार, ०१ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई दलको नेता चयन गर्न छलफल गरिरहेको छ।
  • प्रवक्ताका अनुसार, विधान संशोधन गरी शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ।
  • पार्टीले नेताहरूको स्वास्थ्य अवस्थाका कारण निर्णय प्रक्रिया केही समयका लागि स्थगित गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई दलको नेता चयन गर्न पार्टीभित्र आन्तरिक अनौपचारिक रूपमा छलफल भइरहेको जनाएको छ । 

प्रवक्ता मनिष झाले चाँडै केन्द्रीय समिति बैठक बसेर विधान संशोधन गरी शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको बताए । 

आइतबार सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता झाले भने–  ‘रास्वपा संसदीय दलको नेता चयनका लागि विधान संशोधनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिको बैठक कुर्नुपर्छ’, उनले भने–  ‘आन्तरिक र अनौपचारिक रूपमा हामीले त्यसबारेमा छलफल गरिरहेका छौँ ।’

दलको नेताबारे निर्णय गर्न प्रक्रियागत कुराहरू पुरा गर्नुपर्ने र अहिले त्यो प्रक्रिया पुरा गर्न पार्टीका केही नेताको उपस्थिति अनिवार्य रहेको पनि रास्वपाले जनाएको छ ।  ‘यो विषय प्रक्रियागत रूपमा अघि बढाउन केही नेताहरूको उपस्थितिको प्रतीक्षामा रहेको हुनाले र नेताहरू स्वास्थ्य अवस्थाका कारण पर्खनुपर्ने भएकाले कुरिरहेका छौँ’, झाले भने–  ‘सहमतिमा हामी जिम्मेवार छौ र प्रतिबद्धता बिर्सेका छैनौ, जसले केही तलमाथि होला कि भन्ने आशङ्का नहोस् ।’ 

रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप