मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब बन्ने सरकारमा रहने मन्त्रीहरूको बारेमा कुनै निर्णय गरेका छैनाैँ : मनिष झा

आइतबार, ०१ चैत २०८२, १४ : ०८
आइतबार, ०१ चैत २०८२

सारांश

  • रास्वपाका प्रवक्ता मनिष झाले सरकारमा मन्त्रीको बारेमा पार्टीले निर्णय नगरेको बताए।
  • उनले मन्त्री चयनबारे पार्टीमा छलफल नभएको र कसैलाई जिम्मेवारी दिने निर्णय नभएको जनाए।
  • प्रवक्ता झाले सांसदको शपथपछि मात्र सरकार गठन र मन्त्री चयनबारे छलफल हुने बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले अब बन्ने सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। 

आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताए । उनले सांसदहरुले प्रमाणपत्र लिएर शपथ गरेपश्चातमात्रै सरकार गठन र मन्त्री चयनका विषयमा छलफल हुने स्पष्ट पारे । 

प्रवक्ता झाले रास्वपा नेतृत्वको सरकारमा रहने मन्त्रीहरुको बारेमा चासो रहनु स्वभाविक भएपनि अहिले नै मन्त्रालयगत दावी राख्नु राजनीतिक रुपमा व्यवहारिक नहुने धारणा राखे । 

उनले जनताले दिएको मतलाई सम्बोधन हुने गरि रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप