जबरजस्ती करणी मुद्दामा ८ महिना ३ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ
आइतबार, ०१ चैत २०८२, १८ : ५२
बुटवल । पाल्पा प्रहरीले जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुसम सिंह ठकुरीका अनुसार, पाल्पा जिल्ला अदालतको २०८१ मंसिर १७ गतेको फैसलाले ८ महिना ३ दिन कैद सजाय तोकेका तानसेन नगरपालिका–७ निवासी ६७ वर्षीय बुद्धिराज नेपालीलाई पक्राउ गरिएको हो ।
प्रहरीले खोजतलास गर्ने क्रममा नेपालीलाई आज दिउँसो तानसेन नगरपालिका–७ स्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई आवश्यक कारबाहीका लागि पाल्पा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
-
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण