५० प्रतिशत अनुदानमा किसानलाई केराका बिरुवा
सारांश
- कृष्णपुर नगरपालिकाले व्यावसायिक केराखेती गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा केराका बिरुवा दिने भएको छ।
- यस कार्यक्रमबाट किसान, कृषि समूह, फर्म, सहकारी र कृषि उद्यमीहरू लाभान्वित हुनेछन्।
- बिरुवा प्राप्त गर्न इच्छुक किसानले ३० दिनभित्र आवश्यक कागजातसहित नगरपालिकामा निवेदन दिनुपर्नेछ।
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक केराखेतीमा लागेका किसानलाई ठूलो राहत दिने घोषणा गरेको छ। नगरपालिकाले कृषि क्षेत्रको व्यावसायिकरण र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा केराका बिरुवा वितरण गर्ने योजना अघि सारेको हो।
कृषि शाखाका अनुसार यो कार्यक्रमबाट किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। नगरपालिकाले कूल १० लाख रुपैयाँ बराबरको बिरुवा वितरण गर्ने लक्ष्य राखेको छ, जसमा ५ लाख रुपैयाँ नगरपालिकाले बेहोर्नेछ भने बाँकी ५ लाख रुपैयाँ सम्बन्धित किसानले लगानी गर्नुपर्नेछ।
कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार नगरपालिकाको विभिन्न वडामा अहिले ५५ हेक्टरभन्दा बढी जमिनमा व्यावसायिक केराखेती भइरहेको छ र ३५ भन्दा बढी किसान यसमा सक्रिय छन्। यो नयाँ अनुदान कार्यक्रमले खेती विस्तारमा थप ऊर्जा थप्ने विश्वास लिइएको छ।
बिरुवा प्राप्त गर्न इच्छुक किसान वा फर्मले ३० दिनभित्र आवश्यक कागजातसहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदनका साथमा केराको जात, बिरुवाको संख्या, जग्गाधनी पुर्जाको प्रतिलिपि वा भाडामा लिएको भए करार सम्झौता पेस गर्नुपर्ने प्रावधान राखिएको छ। एलानी जग्गामा खेती गरिरहेका किसानले पनि भोगचलनको प्रमाण पेस गरेर यो सुविधा लिन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण