सतुङ्गलमा चैत ५ गतेदेखि विराट महायज्ञ हुँदै
सारांश
- सतुङ्गलमा विन्ध्यवासिनी आध्यात्मिक सङ्घले १० दिने श्रीमद्देवीभागवत महायज्ञ आयोजना गर्दैछ।
- महायज्ञको मुख्य उद्देश्य विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजका समस्या समाधान गर्नु हो।
- यज्ञमा पुराण पाठ, महारुद्र अनुष्ठान, र मन्दिर निर्माणका लागि रकम सङ्कलन गरिनेछ।
काठमाडौँ । काठमाडौँको सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट महायज्ञ आयोजना हुने भएको छ । विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजमा देखिएका विविध समस्याको समाधानका लागि भन्दै विन्ध्यवासिनी आध्यात्मिक सङ्घको आयोजनामा आगामी २०८२ साल चैत्र ५ गतेदेखि १४ गतेसम्म उक्त महायज्ञ सञ्चालन हुन लागेको हो ।
विश्वमा मच्चिएको आधिभौतिक, आधिदैविक एवं आध्यात्मिक तापको कोलाहललाई वैदिक सनातन धर्मको माध्यमबाट शान्त पार्ने उद्देश्यले यो महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
महायज्ञमा श्रीमद्देवीभागवत पुराणको पाठ(पारायण र कथा प्रवचन मुख्य आकर्षण रहनेछ । यसका साथै १३३१ आवृत्तिको विशाल महारुद्र अनुष्ठान गरिनेछ । देशमा उत्पन्न हुन सक्ने राजकीय उपद्रव, भोकमरी, भूकम्प, अतिवृष्टि, अनावृष्टि र असाध्य रोग शान्त पार्न नवार्ण मन्त्रको ९ लाख जप तथा हवन गरिनेछ ।
दरिद्रता नाश र सु–स्वास्थ्यका लागि श्रीसूक्तको विधि विधानपूर्वक एक हजार जप र हवन, नवग्रह पूजन, वेद र गायत्री मन्त्रको सस्वर पाठलगायतका कार्यक्रमहरू पनि महायज्ञमा समावेश गरिएका छन् ।
सङ्कलित रकम मन्दिर निर्माणमा खर्च गरिने
२०४१ सालमा जगदाचार्य नेपाली बाबाले स्थापना गरेको यस पीठले विगतमा पनि देशका विभिन्न स्थानमा थुप्रै ठुला धार्मिक अनुष्ठान र पदयात्राहरू सम्पन्न गरिसकेको छ । जगदाचार्यको निधन भएपछि हाल उनका छोरा रामचन्द्र शर्माको नेतृत्वमा संस्था सञ्चालन भइरहेको छ ।
आयोजकका अनुसार यस महायज्ञमा भक्तजनहरूबाट सङ्कल्प गरिएको रकम सोही स्थानमा जगन्माता विन्ध्यवासिनी देवीको श्रीयन्त्रमय मन्दिर निर्माण कार्यमा प्रयोग गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण