यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद
सारांश
- निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएकाे घाेषणा गरेकाे छ।
- साेमबार आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरूकाे सूची प्रकाशित गरेकाे हाे ।
- रास्वपाबाट ५७ जना, कांग्रेसबाट २० जना, एमालेबाट १६ जना, नेकपाबाट ९ जना निर्वाचित भएका छन्।
काठमाडाैँ । निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घाेषणा गरेकाे छ। साेमबार आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरुकाे सूची प्रकाशित गरेकाे हाे ।
यस अघि पेस भएको बन्दसूचीबाट आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा पेस गरेपछि आयोगले सोमबार ११० जना निर्वाचित भएको घोषणा गरेको हो ।
आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।
आयोगका अनुसार ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण