सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सदनमा कांग्रेस

प्रतिनिधि सभामा कांग्रेसको प्रदेशगत उपस्थिति कस्तो ?

बुधबार, ०४ चैत २०८२, १४ : ४५
बुधबार, ०४ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको छ।
  • कांग्रेसले लुम्बिनी प्रदेशबाट समानुपातिकतर्फ सांसद नबनाएको र कोशी प्रदेशबाट सबैभन्दा धेरै सांसद जितेको छ।
  • निर्वाचनमा कांग्रेसको उपस्थिति सबै प्रदेशमा देखिएको छ, तर सांसद संख्यामा भिन्नता छ।

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट जितेको छ । प्रत्यक्षतर्फ सबै प्रदेशमा जितेको कांग्रेसले समानुपातिक प्रणालीबाट सांसद चयन गर्दा लुम्बिनी प्रदेशलाई उपेक्षा गरेको छ । समानुपातिकतर्फ कांग्रेसले लुम्बिनीबाट सांसद बनाएको छैन ।

थोरै सिटमा खुम्चिए पनि सबै प्रदेशबाट प्रतिनिधि सभामा कांग्रेसको उपस्थिति देखिन्छ । यद्यपि केही प्रदेशबाट धेरै र केहीबाट थोरै सांसदको प्रतिनिधित्व छ ।

कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा कोशी प्रदेशबाट प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ८ गरी १२ सांसद भएका छन् । मधेस प्रदेशबाट प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी ५ सांसद छन् । बागमती प्रदेशबाट प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ गरी ६ सांसद भएका छन् । गण्डकी प्रदेशबाट प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ १ गरी ३ सांसद छन् ।

यस्तै, लुम्बिनीमा समानुपातिक प्रणालीबाट सांसद नबनाएकाले प्रत्यक्षतर्फ जितेका २ सांसदमात्रै हुनेछन् । कर्णालीमा प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ १ गरी ६ सांसद भएका छन् । सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ गरी ४ सांसद बनेका छन् ।

यसरी हेर्दा प्रतिनिधि सभामा कांग्रेसको सबैभन्दा धेरै सांसद कोशी प्रदेशबाट १२ जना र सबैभन्दा कम लुम्बिनी प्रदेशबाट २ जना हुनेछन् ।  

समानुपातिकतर्फ

प्रतिनिधि सभामा समानुपातिकतर्फ कांग्रेसले कांग्रेसले कोशीबाट सबैभन्दा धेरै ८ जना तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबकाट १/१ जना सांसद बनाएको छ । कांग्रेसले मधेसबाट ४ जना तथा बागमतीबाट ५ जना सांसद बनाएको छ । लुम्बिनीबाट भने समानुपातिकतर्फ कांग्रेसले कसैलाई पनि सांसद बनाएको छैन । 

कोशीबाट कांग्रेसले भीष्मराज आङ्देम्बे (पाँचथर), गीताकुमारी सेन्दाङ (ताप्लेजुङ), गीता गुरुङ (सोलुखुम्बु), सुशीला ढकाल आचार्य (झापा), रुक्मिणीदेवी कोइराला (मोरङ), रीना उप्रेती (सोलुखुम्बु), प्रमिला कुमारी गच्छदार (मोरङ) र मनमाया बि.क. (झापा)लाई समानुपातिकतर्फ सांसद बनाएको छ ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । प्रत्यक्षतर्फ भने कांग्रेसको सबै प्रदेशमा उपस्थिति छ । प्रत्यक्षतर्फ कांग्रेसबाट सबैभन्दा बढी कर्णालीमा ५ जना निर्वाचित भएका छन् । मधेस र बागमतीमा १/१ सिट कांग्रेसले जितेको छ ।

मधेस प्रदेशबाट डा. चन्द्रमोहन यादव (धनुषा), नीनुकुमारी कर्ण (महोत्तरी), रेखाकुमारी यादव (महोत्तरी) र शाहजान खातुन (रौतहट)लाई समानुपातिकतर्फबाट सांसद बनाएको छ ।

बागमती प्रदेशबाट मदनकृष्ण श्रेष्ठ (भक्तपुर), गंगालक्ष्मी अवाल (भक्तपुर), अर्जुननरसिंह के.सी. (नुवाकोट), सीता थपलिया (उर्मिला) (धादिङ) र पवित्रा वि.क. (मकवानपुर)लाई समानुपातिकतर्फ सांसद बनाएको छ । 

कांग्रेसले गण्डकी प्रदेशबाट रेनुका काउचा (बागलुङ), कर्णाली प्रदेशबाट कालिबहादुर सहकारी (कालिकोट) र सुदूरपश्चिम प्रदेशबाट हरिनादेवी कामी (डडेलधुरा)लाई समानुपातिकतर्फ सांसद बनाएको छ ।

प्रत्यक्षतर्फ

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । प्रत्यक्षतर्फ भने कांग्रेसको सबै प्रदेशमा उपस्थिति छ । प्रत्यक्षतर्फ कांग्रेसबाट सबैभन्दा बढी कर्णालीमा ५ जना निर्वाचित भएका छन् । मधेस र बागमतीमा १/१ सिट कांग्रेसले जितेको छ । त्यस्तै कोशीमा ४, सुदूरपश्चिममा ३, लुम्बिनी प्रदेशमा २ र गण्डकी प्रदेशमा २ सिट जितेको छ । 

कांग्रेसका तर्फबाट मधेसमा रौतहट–२ बाट मो. फिरदोश आलम निर्वाचित भएका छन् ।  कर्णाली प्रदेशबाट सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, जाजरकोटबाट खडकबहादुर बुढा, दैलेख–१ बाट बासना थापा, हुम्लाबाट जयपती रोकाया र मुगुबाट खड्ग शाही निर्वाचित भएका छन् ।

map

यस्तै, लुम्बिनी प्रदेशमा कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह र पाल्पा–१ बाट सन्दीप राना निर्वाचित भएका छन् । 

कोशी प्रदेशमा पाँचथरबाट नरेन्द्र कुमार केरुङ, इलाम–१ बाट निश्कल राई, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की र तेह्रथुमबाट सन्तोष सुब्वा निर्वाचित भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, डोटीबाट भरतबहादुर खड्का र  अछाम–१ बाट भरतकुमार स्वार निर्वाचित भएका छन् । बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्य तथा गण्डकीमा मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप