बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा एचपीभी खोप अभियान, १ हजार २७७ किशोरीलाई खोप

बुधबार, ०४ चैत २०८२, १३ : ३१
बुधबार, ०४ चैत २०८२

सारांश

  • जुम्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु हुने भएको छ।
  • चैत ९ गतेदेखि जिल्लाका आठवटै पालिकाका खोप केन्द्रमार्फत कक्षा ६ मा अध्ययनरत किशोरीलाई खोप दिइनेछ।
  • यस खोप अभियानले १०-१४ वर्ष उमेर समूहका १,२७७ किशोरीलाई समेट्ने लक्ष्य राखेको छ।

जुम्ला । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ ।

 राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत चैत ९ गतेदेखि जिल्लाका आठै पालिकाका ८४ खोप केन्द्रमार्फत खोप दिइने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कक्षा ६ मा अध्ययनरत १०–१४ वर्ष उमेर समूहका १,२७७ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । पालिकाअनुसार चन्दननाथमा २७७, तातोपानीमा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१, तिलामा १८५, हिमामा २२१, सिजामा १३५ र कनकासुन्दरीमा १७७ जना रहेका छन् ।

अभियान प्रभावकारी बनाउन सरोकारवालासँग पूर्वतयारीबारे छलफल गरिएको र लक्षित सबै किशोरीलाई समेट्ने तयारी रहेको जनाइएको छ । गत वर्ष कक्षा ७–१० का किशोरीलाई खोप दिइएकोमा यस वर्ष कक्षा ६ लाई मात्र समेटिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप