क्युबा विरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले टिप्पणी गर्दै अमेरिकाले क्युबामा आफ्नो प्रभाव विस्तार गर्न सक्ने चेतावनी दिएका हुन् । हालको विषम परिस्थितिले वासिङ्टनलाई क्युबा माथि चाँडै कारबाही गर्न प्रेरित गरिरहेको उल्लेख गर्दै उनीहरूले टापुले सामना गरिरहेको अत्यन्त कठिन परिस्थिति बारे प्रकाश पारेका छन् ।
रुबियोले टापुको अर्थतन्त्र नियमसंगत र राजनीतिक तथा सरकारी प्रणाली रहेर सञ्चालन नभएकाले यसलाई तत्काल लयमा ल्याउन नसकिनेसमेत बताएका छन् ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले उक्त टिप्पणीलाई आफ्नो देश विरुद्धको अमेरिकी धम्कीको रूपमा आलोचना गर्दै सामाजिक सञ्जाल एक्स मार्फत क्युबाले जस्तो सुकै अवस्थामा पनि आक्रमणको कडा प्रतिरोध गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण