चीनले ल्यायो ९ मिनेटमै चार्ज हुने ‘इभी’
बुधबार, ०४ चैत २०८२, १५ : ४६
काठमाडौँ । इलेक्ट्रिक भेहिकल’ (इभी)को दुनियाँमा चीनले चमत्कार गरेको छ । एक चिनियाँ कम्पनीले ९ मिनेटमै चार्ज हुने गाडी बजारमा ल्याएको हो ।
चीनको प्रख्यात इलेक्ट्रिक कार कम्पनी ‘बीवाईडी’ले आफ्नो नयाँ गाडी फाङ छेङ बाओ टी३ को ‘फ्ल्याश चार्जिङ एडिसन’ ल्याएको हो । यो कारको विशेषता भनेकै सुपर फास्ट चार्जिङ स्पीड हो ।
सामान्य तापक्रममा यो गाडी ९ मिनेटमै फुल चार्ज हुने र ६२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । माइनस ३० डिग्री तापक्रममा पनि यो गाडीको चार्जिङ स्पीडमा ३ मिनेटमात्र फरक पर्ने जनाइएको छ ।
यो गाडीमा एआईको समेत प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसमा ‘गड्स आई’ नामक ड्राइभर असिस्टेन्ट सिस्टम रहेको र सेन्सर तथा क्यामेराको मद्दतले सडकमा हुने सम्भावित खतरा पहिचान गरी गाडीलाई सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण