शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

गर्मीमा उखुको जुस पिउनुका ५ फाइदा

शनिबार, ०७ चैत २०८२, ०८ : ३५
शनिबार, ०७ चैत २०८२

सारांश

  • गर्मी मौसम सुरु भएसँगै, स्वास्थ्य विशेषज्ञहरूले शरीरलाई चिसो राख्न प्राकृतिक पेय पदार्थ पिउन सल्लाह दिएका छन्।
  • उखुको रस जण्डिसका बिरामीका लागि लाभदायक छ, यसले कलेजोलाई बलियो बनाउँछ र तत्काल ऊर्जा प्रदान गर्छ।
  • उखुको रसमा क्याल्सियम, आइरन, पोटासियम र एन्टिअक्सिडेन्ट लगायत पोषक तत्वहरू पाइन्छन्, जसले डिहाइड्रेसनबाट बचाउँछ।

काठमाडौँ । गर्मीको सुरुवातसँगै तापक्रम तीव्र रूपमा बढ्न थालेको छ। चर्को घाम र तातो हावाका कारण शरीर चाँडै थाक्ने र पानीको कमी हुने समस्या देखिन थाल्छ।

यस्तो अवस्थामा स्वास्थ्य विशेषज्ञहरूले शरीरलाई चिसो राख्न प्राकृतिक पेय पदार्थको सेवनमा जोड दिएका छन्। विशेषगरी गर्मीमा हुने जण्डिसजस्तो घातक रोगका लागि उखुको रस अमृत समान मानिन्छ। आयुर्वेद विशेषज्ञहरूका अनुसार उखुको रसले जण्डिस मात्र नभई शरीरका अन्य धेरै समस्यामा राहत दिन्छ।

१. जण्डिसका बिरामीका लागि वरदान

आयुर्वेद विशेषज्ञका अनुसार उखुको रस जण्डिसका बिरामीका लागि सबैभन्दा बढी लाभदायक छ। यसले कलेजोलाई मजबुत बनाउँछ र शरीरलाई रोगबाट चाँडै निको हुन मद्दत गर्छ। गर्मीमा लाग्ने ज्वरो बिग्रेर जण्डिस हुने खतरा रहने हुनाले नियमित उखुको रस सेवन गर्नु बुद्धिमानी हुन्छ।

२. तत्काल ऊर्जाको स्रोत

चर्को घाममा बाहिरबाट आउँदा शरीर निकै थाकेको महसुस हुन्छ। उखुको रसमा प्राकृतिक चिनी हुन्छ, जसले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ र थकान मेटाउँछ। यसले बजारमा पाइने केमिकल मिसाइएका सफ्ट ड्रिङ्क्स वा कोल्ड ड्रिङ्क्सभन्दा कैयौँ गुणा राम्रो काम गर्छ।

३. पोषक तत्त्वको भण्डार

उखुको रस स्वादमा मात्र मिठो नभई यो खनिज पदार्थको खानी पनि हो। यसमा शरीरका लागि आवश्यक निम्न तत्वहरू पाइन्छन्:

  • क्याल्सियम र म्याग्नेसियम: हड्डी बलियो बनाउन।
  • आइरन: रगतको कमी हुन नदिन।
  • पोटासियम: पाचन प्रणाली सुधार्न।
  • एन्टिअक्सिडेन्ट्स: रोग प्रतिरोधात्मक क्षमता बढाउन।

४. डिहाइड्रेशनबाट बचाउँछ

तापक्रम धेरै पुग्ने ठाउँहरूमा शरीरमा पानीको मात्रा सन्तुलित राख्न गाह्रो हुन्छ। उखुको रसको प्रकृति चिसो हुने भएकाले यसले शरीरलाई भित्रैबाट शीतल बनाउँछ र लू लाग्नबाट जोगाउँछ।

५. मिर्गौला र पाचनमा सुधार

उखुको रसले पिसाब नलीमा हुने संक्रमण (यूटीआई) कम गर्न र मिर्गौलाको कार्यक्षमता बढाउन मद्दत गर्छ। साथै, यसले कब्जियतको समस्या हटाएर पाचन प्रक्रियालाई पनि सहज बनाउँछ।

त्यसैले गर्मीमा स्वस्थ रहन धेरै पानी पिउनुहोस् र उखुजस्ता प्राकृतिक रसहरूको सेवन गर्नुहोस्। यो सस्तो र स्वास्थ्यका लागि निकै लाभदायक छ। तर, रस निकाल्दा सरसफाइमा भने विशेष ध्यान दिनुपर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप