सोलुमा चट्याङ लागेर बाख्रा मरे, कोशी प्रदेशभर प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न निर्देशन
सारांश
- कोशी प्रदेशमा हावाहुरी र चट्याङका कारण जनजीवन प्रभावित भएको छ।
- सोलुखुम्बुमा चट्याङ लागेर केही बाख्राहरू मरेका छन्।
- प्रहरीले सम्भावित विपद् र जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
विराटनगर । कोशी प्रदेशमा हावाहुरी र चट्याङका कारण जनजीवन प्रभावित भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार सोलुखुम्बुमा चट्याङ लागेर केही बाख्राहरू मरेका छन्।
डीआईजी घिमिरेले हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए। "अहिलेसम्म मानवीय क्षति त केही भएको छैन, तर सोलुखुम्बुमा चट्याङले केही बाख्राहरू मरेको रिपोर्ट आएको छ," उनले भने।
हावाहुरी र खराब मौसमको जोखिमलाई मध्यनजर गर्दै प्रदेशभरका सबै प्रहरी युनिटहरूलाई तयारी अवस्थामा (स्ट्यान्डबाइ) राखिएको उनले बताए। सम्भावित विपद् र जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ।
डीआईजी शर्माले आम सर्वसाधारणलाई पनि सचेत रहन र हावाहुरीको समयमा सुरक्षित स्थानमा बस्न सन्देश प्रवाह गरिदिन आग्रह गरेका छन्। प्रदेशका विभिन्न क्षेत्रमा हावाहुरीको प्रभाव कायमै रहेकाले प्रहरीले विशेष निगरानी बढाइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
-
जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
-
हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण