शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

शनिबार, ०७ चैत २०८२, १६ : ३२
शनिबार, ०७ चैत २०८२

सारांश

  • कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
  • शनिबार मन्दिरमा भजन गाउँदा भएको तोडफोडलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव भएको थियो।
  • जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको हो।

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबिच तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

उक्त आदेशको उल्लंघन गर्नेलाई नियनत्रणमा लिएर कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ । सूचनामा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

940x380-IMG_20260321_WA0002

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप