शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषधसहित सात जना पक्राउ

आइतबार, ०८ चैत २०८२, १२ : ४७
आइतबार, ०८ चैत २०८२

सारांश

  • प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
  • काठमाडौँ, सुनसरी, झापा, कञ्चनपुर र कैलालीबाट लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन्।
  • पक्राउ परेका व्यक्तिहरूबाट खैरो हेरोइन र गाँजा बरामद गरिएको छ।

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका –१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो ।

यसैगरी, झापाको विर्तामोड नगरपालिका–३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप