पश्चिम एसियाको तनाव : १० वटा फ्लाइट क्यान्सिल
सारांश
- पश्चिम एसियाको हवाई क्षेत्रमा प्रतिबन्धका कारण त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन्।
- विभिन्न वायुसेवा कम्पनीका १० उडानहरू रद्द हुँदा कुवेत, दुबई, दोहा र दमाम जस्ता गन्तव्यहरू प्रभावित बनेका छन्।
- उडान अवरुद्ध भएपछि यात्रुहरूको असुविधालाई ध्यानमा राख्दै व्यवस्थापनका लागि समन्वय भइरहेको छ।
काठमाडौँ । पश्चिम एसियाको हवाई क्षेत्र प्रतिबन्धका हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न वायुसेवा कम्पनीका १० उडानहरू रद्द भएको हो।
नेपालबाट धेरै उडान हुने कुवेत, दुबई, दोहा र दमाम जस्ता गन्तव्यहरू प्रभावित भएका छन् । विमानस्थलका अनुसार जजिरा एयरवेज, कुवेत एयरवेज, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडानहरू आजका लागि रद्द भएका छन् ।
नेपाल एयरलाइन्सका दोहा र दुबई उडान तथा हिमालय एयरलाइन्सका दोहा र दमामका उडानहरू स्थगित हुँदा सयौँ यात्रुहरू प्रभावित बनेका छन् । त्यस्तै कतार एयरवेज र फ्लाई दुबईका नियमित उडानहरू पनि आज सञ्चालन हुन सकेनन्।
विमानस्थल कार्यालयले उडान अवरुद्ध भएपछि उत्पन्न हुन सक्ने यात्रुहरूको असुविधालाई ध्यानमा राख्दै व्यवस्थापन कार्यलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण