जवाफदेहितालाई ध्यानमा राख्दै राजीनामा दिएको थिएँ, दबाब र ग्लानी थिएन : गगन थापा
सारांश
- गगन थापाले पार्टीको विधान अनुसार उपसभापति समक्ष राजीनामा दिएका छन्।
- निर्वाचनको परिणामको जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताए।
- उनले राजीनामा कुनै दबाब वा ग्लानीको विषय नभएको प्रस्ट पारे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले जवाफदेहीतालाई ध्यानमा राख्दै पदबाट राजीनामा दिएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएको प्रष्टीकरण दिए ।
‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर पार्टीको विधानको व्यवस्थाअनुसार उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ सभापति थापाले भने, ‘सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने विधानमा व्यवस्था छ । यसमाथि छलफल पनि भइसकेको छ ।’
आफ्नो राजीनामा कुनै दबाब र ग्लानीको विषय नभएको थापाले बताए । थापाले विशेष महाधिवेशन गरेर कमजोरी गर्यौँ कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको जिकिर गरे ।
‘विशेष महाधिवेशन गरेर कहिँकतै कमजोरी गर्यौँ कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ,’ थापाले भने, ‘कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको थिइनँ ।’ थापाको सम्बोधन जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण